नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरअन्तर्गत कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ।
११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १.२ ओभरमै पहिलो विकेट गुमाएको हो। १६ वर्षीय विपिन शर्माले जनकपुरका शुभ कंसाकारलाई सोमपाल कामीबाट क्याचआउट गराए।