काठमाडौंमा किशोरीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका– ३ घर भई काठमाडौं महानगरपालिका– १४, खड्कागाउँमा बस्दै आएका २४ वर्षीय विश्वास तामाङ रहेका छन् ।
उनलाई काठमाडौंकै चन्द्रागिरि नगरपालिका– १०, सतुंगलमा डेरा गरी बस्दै आएकी गजुरी– ४ की १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले हिजो राति पक्राउ गरेको हो । उनको साथबाट मृतकको मोबाइल बरामद गरिएको काठमाडौं प्रहरीका एसपी नवराज एसपी अधिकारीले जानकारी दिए ।
नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा १० कक्षामा अध्ययनरत सरिता आफ्नै कोठामा बुधबार दिउँसो मृतावस्थामा फेला परेकी थिइन् । विश्वासलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।