मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १० शुक्रबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ १० शुक्रबार २o:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ १० शुक्रबार २o:१५:oo

बागमती प्रदेश सकरारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ। शुक्रबार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, वागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यस्तो बताएका छन्।

उनले यस वर्षबाट वागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताए। उनले सो कुराको सुनिश्चितता प्रदेश खेलकुद नियमावली २०७६ को दफा १३ मा उल्लेख गरेर नै खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको जानकारी दिए।