मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ५ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ५ आइतबार १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रमिकसँग श्रममन्त्री : मन्त्री कुँवरले सुने एक घन्टा श्रमिकका गुनासा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ५ आइतबार १६:४३:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष (कल सेन्टर)मा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन्।

आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घन्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा र जिज्ञासा सुन्दै कार्यक्रमको सुरुवात गरेका हुन्। आजदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकको गुनासा सुन्ने र तिनका समाधानका लागि पहल गर्ने बताइएको छ।

आज पहिलो दिन मन्त्री कुँवरसँग फोनमार्फत स्वदेश तथा विदेशमा रहेका १० श्रमिकको गुनासा र सुझाव सुनेर सम्बोधन गरेका जनाइएको छ। आजको कार्यक्रममा विशेष गरी मलेसियामा जाने कामदारबाट पैसा उठाउने गरेको, विदेशमा काम नपाएर ठगिने गरेका र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाबारे श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राखेका थिए।

मन्त्रालयमा कल सेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ। अहिले कल सेन्टरमा दैनिक दुई सयभन्दा बढी गुनासा आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।

श्रमिकसँग श्रममन्त्री कार्यक्रममा भाग लिन नेपाल टेलिकमको टोल फ्री नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।