Skip This
एसिया कपअघि पाकिस्तानलाई झट्का
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ५ आइतबार
  • Friday, 20 September, 2024
दुबई
२o७९ भदौ ५ आइतबार o९:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया कपअघि पाकिस्तानलाई झट्का

Read Time : < 1 मिनेट
दुबई
नयाँ पत्रिका
२o७९ भदौ ५ आइतबार o९:४५:oo

पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी एसिया कप २०२२ बाट बाहिरिएका छन् । गत वर्ष आइसिसी टी–२० विश्वकपमा भारतलाई पराजित गर्दा प्रभावशाली प्रदर्शन गरेका शाहिन घाइते भएपछि पाकिस्तानी टोलीबाट बाहिरिएका हुन् ।  दुबईमा हुने एसिया कपमा भारत र पाकिस्तान दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै छन् । श्रीलंकासँगको पहिलो टेस्टअघि अभ्यासका क्रममा फिल्डिङ गर्दा शाहिनले दायाँ घुँडामा चोट बोकेका हुन् । 

पाकिस्तान क्रिकेट बोर्डको मेडिकल कमिटीले शाहिन ४–६ हप्ता मैदानबाहिर हुने बताएको छ । शाहिनले एसिया कपसँगै इंग्ल्यान्डविरुद्ध घरेलु मैदानमा हुने शृंखला गुमाउने भएका छन् । अस्ट्रेलियामा हुने आइसिसी पुरुष विश्वकपमा भने शाहिन फर्कने विश्वास गरिएको छ ।

२८ अगस्टमा भारतसँग हुने खेलका लागि शाहिन उपलब्ध नहुने भएसँगै भारतीय टोलीमा उत्साह बढेको छ । भारतीय सञ्चारमाध्यमले शाहिन बाहिरिँदा भारतलाई राहत भएको जनाउँदै पाकिस्तानलाई ठूलो झट्का लागेको बताएका छन् ।

शाहिनले उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२१ मा भएको टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई हराउँदै सनसनी मच्चाएका थिए । शाहिनले सुरुआतमै रोहित शर्मा र लोकेश राहुललाई आउट गरेपछि भारतीय ब्याट्सम्यान जम्न सकेका थिएनन् । एक सय ५२ रनको लक्ष्य पाएको पाकिस्तानले १० विकेटको जित निकाल्यो ।