नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।
कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको जनकपुरले ४.२ ओभरको खेल सकिँदा तेस्रो विकेट गुमाएर १६ रन जोडेको छ।
१.३ ओभरमा १६ वर्षीय विपिन शर्माले जनकपुरको पहिलो विकेटका रूपमा शुभ कंसाकारलाई सोमपाल कामीबाट क्याचआउट गराएका थिए। लगत्तै कुनै रन नजोडी २.३ ओभरमा जनकपुरले दोस्रो विकेट गुमायो।
दोस्रो विकेटका रूपमा कर्णालीका कप्तान सोमपाल कामीले आशिफ शेखलाई पेभिलियनको बाटो देखाएका हुन्। ४.२ ओभरमा विलियम बोसिस्टोले लाहिरु मिलान्थालाई आउट गराएका हुन्।
आजको विजेता शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।