मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ पौष ४ बिहीबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोइला बालेर सुतेका आमा–छोराको निसास्सिएर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १७:१४:oo

सुर्खेतको वीरेन्द्रनगरमा निसास्सिएर आमा र छोराको मृत्यु भएको छ। बुधबार राति चिसोबाट बच्नका लागि आगो बालेकोमा निसास्सिएर आमा–छोराको मृत्यु भएको प्रहरीको आंशका छ।

वीरेन्द्रनगर–४, भैरवस्थानस्थित समावेशी टोलमा घरभित्र सुतिरहेका ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। देविसराकी ९ वर्षीया छोरी रिया थापाको भने कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डिएसपी वीरेन्द्रनरवीर विश्वकर्माले बताए।

घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र खबर प्राप्त भएको प्रवक्ता विश्वकर्माले बताए। उनका अनुसार कोठामा कोइलाको धुवाँ भरिएर घटना भएको आशंका छ।