मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 26 December, 2024
रासस नयाँदिल्ली
२o८१ पौष ४ बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय संसद् भवनपरिसरमा सांसदबिच झडप

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १७:११:oo

भारतीय संसद् भवनपरिसरमा सत्तारूढ र विपक्षी र गठबन्धनबिच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारंगी र मुकेश राजपूतलाई चोट लागेको भाजपाले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद सारंगी र राजपूतलाई फोन गरी उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफूलाई संसदमा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाएका हुन्। कंग्रेसले सत्तारूढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ।

भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणीको विषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबिच विवाद चर्किँदा संसद्परिसरमा समेत झडप भएको हो।