नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरअन्तर्गत कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएको छ। ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले २.३ ओभरमा दुई विकेट गुमाएर नौ रन मात्र जोडेको छ।
१.३ ओभरमा १६ वर्षीय विपिन शर्माले जनकपुरको पहिलो विकेटका रूपमा शुभ कंसाकारलाई सोमपाल कामीबाट क्याचआउट गराएका थिए। लगत्तै कुनै रन नजोडी २.३ ओभरमा जनकपुरले दोस्रो विकेट गुमायो।
दोस्रो विकेटका रूपमा कर्णालीका कप्तान सोमपाल कामीले आशिफ शेखलाई पेभिलियनको बाटो देखाएका हुन्।
आजको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।