मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Monday, 16 December, 2024
२o८१ असोज १७ बिहीबार o९:५९:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

दुबईमा एनएल इन्टरनेसनल अवार्ड २०२४ सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार o९:५९:oo

विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गरेकाहरूलाई एनएल इन्टरनेसनल अवार्ड २०२४ सम्मान गर्दै हिल्टन अल सिफको विलासी क्यानोपीमा सम्पन्न भएको छ ।  उक्त कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेषगरी यसको समृद्ध पाक सम्पदाको प्रवर्द्धनजस्ता क्षेत्रमा विशेष काम गरेकोमा व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो । जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन, सेवा उद्योग, सामाजिक क्षेत्र र अद्वितीय खानालगायत नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पारेका व्यक्ति र संस्थाहरू थिए । दीर्घकालीन सेवा र समर्पण झल्काउने विधामा पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। 

कार्यक्रममा लक्ष्मीनारायण सिंह सुवाल एनएल अन्तर्राष्ट्रिय लाइफटाइम अचिभमेन्ट अवार्ड २०२४ र प्रकाशकुमार कुइँकेल एनएल इन्टरनेसनल लाइफटाइम अचिभमेन्ट अवार्ड २०२४ बाट सम्मानित भएका छन् । त्यसैगरी लिटरेचर एक्सिलेन्स इन्टरनेसनल अवार्डबाट विक्रमभक्त जोशी, इन्टर कम्युनिकेसन अवार्डबाट सामाजिक बौद्ध कार्यकर्ता र सामाजिक र व्यवहार परिवर्तन कम्युनिकेटर  धर्मराज बज्राचार्य, बेस्ट बिल्डर्स अवार्डबाट न्यु डाइगन निर्माण सेवा प्रालिका म्यानेजिङ डाइरेक्टर अर्जुनकुमार चौलागाईं, आउटस्टान्डिङ इन्टरप्रेनर अवार्डबाट बिजी कन्स्ट्रक्सनका म्यानेजिङ डाइरेक्टर विनोद गौतम, बेीट सेफ बेकर अफ मिडलइस्ट अवार्डबाट एक्जुकेटिभ पेस्ट्री तथा बेकरी सेफ हुमन लिम्बू, इन्टरनेसनल हस्पिटालिटी अवार्डबाट पार्क रेजिस क्रिस किन होटेल दुबईमा कार्यरत एक्जुकेटिभ सेफ गोविन्द राई, इन्टरनेसनल हस्पिटालिटी अवार्डबाट सेन्टरा मिरेज विच रिसोर्ट दुबईमा कार्यरत रेस्टुरेन्ट तथा बार मेनेजर सुदर्शन पराजुली, बेस्ट एग्रो इन्टरप्रेनियर अवार्डबाट नमुन्चेत कृषि फार्म (ककनी स्ट्रबेरी)का अध्यक्ष अष्टलाल तामाङ (छेसाङ), इन्टरनेसनल सोसियल अवार्डबाट  निस्ट मल्टिपल इन्स्टिच्युटका निर्देशक आङछिरिङ शेर्पा, पावर अफ एजुकेसन अवार्डबाट निर्मल बज्राचार्य,जर्नालिजम अवार्डबाट पत्रकार श्याम श्रेष्ठ र रुपेश पाण्डे, सोसियल अवार्डबाट रमादेवी सुवाल, बिन्जु जोशी, सुनिता श्रेष्ठ, सुष्मा शर्मा सम्मानित भए ।

 सम्मानका लागि बोलाइएका, तर उपस्थित हुन नसकेकालाई प्रतिनिधिमार्फत सम्मानपत्र प्रदान गरिएको थियो । जसमा क्यानडाको आमा क्विजोन रेस्टुरेन्टका सञ्चालक ज्ञानेन्द्र बन्जरा शर्मा, वरिष्ठ लेखक तथा समीक्षक ममता मृदुल, अस्ट्रेलियाका कार्यकारी एक्जुकेटिभ सेफ भावी खनाल, विश्व प्रसिद्ध एक्जुकेटिभ पेस्ट्री सेफ सरोज थापा छन् । उनीहरूलाई इन्टरनेसनल हस्पिटालिटी अवार्डबाट सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा एनआरएन गैरआवासीय नेपाली वरिष्ठ अभियन्ता तथा प्यासिफिक कुलिनरीका अध्यक्ष गणेश केसीको उपस्थिति रहेको थियो । उनीसँगै एनआरएन दुबईका अध्यक्ष विकास शाही पनि विशेष अतिथिका रूपमा सहभागी थिए ।

 न्युजलाइन्स मिडियाले आयोजना गरेको कार्यक्रममा मिडियाका अध्यक्ष राजु भट्टले एनएल इन्टरनेसनल अवार्ड २०२४ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको र उत्कृष्टता र सांस्कृतिक संरक्षणप्रति समुदायको प्रतिबद्धतालाई पुष्टि गर्ने बताए।