मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Thursday, 19 December, 2024
तिवारी यादव वीरगन्ज
२o७९ श्रावण ३१ मंगलबार १५:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्साका जितेन्द्र निषादको अध्यक्षतामा जनता जनार्धन पार्टी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १५:२४:oo

पर्साका जितेन्द्र सहनी निषादको अध्यक्षतामा जनता जनार्धन पार्टी घोषणा गरिएको छ। मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै २१ सदस्यीय कमिटीको पार्टी घोषणा गरिएको हो।
 
पार्टी घोषणा कार्यक्रममा पार्टीका अध्यक्ष निषदले राणाशासन अन्त्य भएर यहाँसम्म आउँदा पनि असमानता  हाबी रहेको भन्दै यो विभेद हटाउन पार्टी घोषणा गरिएको बताए। देश विकासका काममा युवाहरूको सदुपयोग गर्न नयाँ पार्टी घोषणा गरिएको उनको भनाइ छ।

पुराना पार्टीका नेताहरूले राजनीतिलाई  व्यवसाय ठानेको आरोप लगाउँदै उनले राजनीतिमार्फत जनताको सेवा गर्ने उद्देश्यले आफूहरूले पार्टी घोषणा गरेको दाबी गरे। नेपालकै सबैभन्दा कम उमेरका पार्टी अध्यक्षको नेतृत्वमा यो दल दर्ता भएको उनको भनाइ छ।

गत साउन ६ गते निर्वाचन आयोगमा दर्ता भएको जनता जनार्धन पार्टीको केन्द्रीय कार्यालय वीरगन्जमा र सम्पर्क कार्यालय प्रत्येक प्रदेशमा राखिने बताइएको छ। डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ गरेका अध्यक्ष निषाद बिन्दबासिनी गाउँपालिकानिवासी हुन्।