मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Tuesday, 11 March, 2025
२o७९ श्रावण १६ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरका दुई पालिकामा डेंगु संक्रमित भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार १३:२४:oo

ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगु संक्रमित भेटिएका छन् । महानगरको वडा नम्बर ५ र १४ तथा महालक्ष्मीका केही वडामा संक्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतीश विष्टले बताए।

“हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घरघर घुमेर लामखुट्टे नष्ट गर्ने अभियान थालेका छौँ,” उनले भने ।  हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेंगुको संक्रमण भेटिएको उनले जानकारी दिए।

उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घरवरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटेल आदि क्षेत्रमा विशेष ख्याल पु–याउन आवश्यक भएको कार्यालय प्रमुख डा. विष्टको भनाइ थियो। संक्रमित भएका स्थानमा सरसफाइका लागि उक्त कार्यालयका साथै जिल्ला प्रशासन तथा महानगपालिकाका स्वास्थ्य एवं सरसफाइकर्मी लागिपरेका छन् । रासस