१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ५ बिहीबार १२:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस युनियन निर्वाचन : इतर समूहबाट अध्यक्षमा लम्साल, महासचिवमा पौडेल उम्मेदवार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ५ बिहीबार १२:४५:००

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा संस्थापनइतर समूहका तर्फबाट अध्यक्षमा शिव लम्साल उम्मेदवार बन्ने भएका छन्। इतरतर्फबाट आज बिहीबार उम्मेदवारी टुंगो लागेको हो।

इतरबाट अध्यक्षमा लम्साल, महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष खुलातर्फ राममणि दाहाल र नकुल अर्याल तथा उपाध्यक्ष महिलातर्फ सलोजा दाहाल उम्मेदवार बन्ने पक्का भएको हो।

संस्थापन समूहले यसअघि नै उम्मेदवार टुंगो लगाएको छ। संस्थापनबाट अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र महासचिवमा जगन्नाथ दुलाल उम्मेदवार बन्ने तय भएको छ।

करिब आठ वर्षपछि प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुँदै छ।