१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले महाधिवेशन परिषद् बैठक आजदेखि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३६:oo

एमालेको प्रथम महाधिवेशन परिषद् बैठक शनिबारबाट सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सभा हलमा दुई दिन चल्ने महाधिवेशन परिषद् बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । एमालेले ०७८ मा चितवनमा सम्पन्न दशौँ महाधिवेशनपछि पहिलोपटक महाधिवेशन परिषद् बैठक आयोजना गर्न लागेको हो । 

एमाले महासचिव शंकर पोखरेलले ‘मिसन– ८४ मा बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा कसरी पार्टीलाई स्थापित गर्ने भन्ने विषयमा संगठन सुदृढीकरण वर्ष योजनाबारे विशेष छलफल गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । ‘अब नेपालमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल र निर्णायक भूमिका खेल्न सक्ने शक्तिका रूपमा नेकपा एमालेको विकास हो,’ उनले भने । 

महाधिवेशन प्रतिनिधि परिषदमा दुई हजार चार ५४ प्रतिनिधि सहभागी हुनेछन् । एमालेमा विधानको धारा १५ बमोजिम विधान महाधिवेशनको हैसियतबाहेक राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार आयोजना गरिने व्यवस्था छ। 

बैठकमा ६ वटा प्रतिवेदनमाथि छलफल हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै, केन्द्रीय निकायहरू– केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुनेछन् । 

बैठकमा ०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजनामाथि छलफल हुनेछ । परिषद् बैठकमै मिसन ग्रासरुट अभियान, झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको अभियानलगायत विषय पनि समीक्षाको एजेन्डाका रूपमा प्रतिवेदनमा अगाडि सारिएको छ। 

तर, ‘कार्यकर्ताको डिजिटिल ओपनियन पोल’बाट निर्णय गरिने भएको छ। ललितपुरमा पेस हुने प्रतिवेदन सबै संगठित सदस्यले हेर्न पाउनेछन् भने मत पनि दिने पाउनेछन् । महासचिव पोखरेलले आधुनिक डिजिटल माध्यमको प्रयोग गरेर ओपनियन पोलमार्फत कार्यकर्ताको भावनासमेत बुझेर परिषद् बैठक निष्कर्षमा पुग्ने बताए । ‘पार्टीका कार्यकर्तालाई आफ्नै मोबाइल एपबाट परिषद्का ६ वटै दस्ताबेज जानकारी गराउनेछौँ , पढाउनेछौँ । परिषद् बैठकका सम्पूर्ण सूचना पनि त्यहीँबाट प्राप्त गर्न सकिनेछ । व्यक्तिहरूको अभिलेखीकरण, परिचयपत्र एपबाटै दिइनेछ,’ पोखरेलले भने, ‘एपबाटै ओपिनियन पोल गरेर कार्यकर्ताको भावना के छ भन्ने कुरा आधुनिक डिजिटल माध्यमको प्रयोग गरेर प्रत्यक्ष रूपमा कार्यकर्ताको भावना समेट्छौँ, सम्बोधन गर्छौँ र निष्कर्षमा पुग्छौँ ।’

ad
ad