१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदमा आज समूहगत छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१८:oo

नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ६ वटा समूहमा प्रतिवेदनमाथि छलफल अघि बढेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित ६ वटा प्रतिवेदनमाथि ६ वटा समूहमा छलफल भइरहेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

छलफलमा आएका सुझावलाई टिपोट गरेर बैठकमा प्रस्तुत गरिने र गम्भीर प्रकृतिका सुझाव या व्यक्तिगत रूपमा राख्न मन लागेका सुझावलाई लोकतान्त्रिक भित्तोमा गएर प्रतिनिधिहरूले अलग्गै पनि राख्न पाउने गरी छलफल चलाइएको गौतमले जानकारी दिए ।

आजै एमालेको मुखपत्र नवयुग तथा तस्बिरमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा पुस्तिकाको विमोचनसहित गोदावरी प्रस्ताव पारित गरेर बैठक समापन गर्ने एमालेको तयारी छ । गोदावरीमै सोमवार एमालेले ७५औँ पार्टी स्थापना दिवसलाई हीरक महोत्सवका रूपमा मनाउँदै छ ।

 

ad
ad