१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार २१:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चार दिनमा करिब ६ हजार अफगानी स्वदेश फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २१:२८:oo

छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार नाै सय ४० अफगानी नागरिक स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ।

शरणार्थीहरू पाकिस्तान र इरानबाट तोरखाम, स्पिन बोल्दाक, इस्लाम काला, अब्रेसाम र अंगाेराडा नाका हुँदै अफगानिस्तानतर्फ फर्केको आयोगले सामाजिक सञ्जालमार्फत सार्वजनिक विज्ञप्तिमा जनाएको छ।

अफगान अधिकारीहरूका अनुसार पाकिस्तानी सरकारले अफगान आप्रवासीलाई फिर्ता पठाउने दोस्रो चरण अप्रिल १५ मा सुरु गरेको थियो र पहिलो चरणमा पाँच लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी पाकिस्तानबाट फर्केका थिए।

अफगानी सरकारी तथ्यांकअनुसार २५ लाखभन्दा बढी अफगानी शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने करिब त्यत्ति नै संख्यामा इरानमा रहेका छन्। 

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीलाई स्वदेश फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ।
 

ad
ad