१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २५ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २५ शनिबार ११:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अब शुक्रबार पनि ५ बजेसम्मै इजलास

पुराना मुद्दा फर्स्योट गर्न सर्वोच्चले बनायो कार्ययोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २५ शनिबार ११:२१:oo

सर्वोच्चमा १६ वर्षदेखिका ३० हजार ९५ मुद्दा तथा निवेदन विचाराधीन

सर्वोच्च अदालतले पुराना मुद्दा फर्स्योट गर्न कार्ययोजना बनाएको छ । बिहीबार बसेको सर्वोच्चको पूर्ण बैठकले कार्ययोजना पारित गरेको हो । आगामी आर्थिक वर्षको अन्तिममा पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने नीतिअनुरूप ल्याइएको कार्ययोजनामा राष्ट्रिय महत्त्वका र बन्दीहरूको मुद्दा शीघ्र फर्स्योट गर्ने गरी अदालतले शुक्रबार पनि ५ बजेसम्मै इजलास बस्ने उल्लेख छ । १ साउनबाट कार्ययोजना लागू हुनेछ ।

शुक्रबारसम्म सर्वोच्च अदालतमा जम्मा ३० हजार ९५ वटा मुद्दा तथा निवेदन विचाराधीन रहेकोमा दुई वर्ष नाघेका मुद्दा १७ हजार दुई सय ५६ र पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय २४ वटा छन् । हाल सर्वोच्चमा सबैभन्दा पुराना मुद्दा १६ वर्ष पुरानासमेत छन् । 

‘शुक्रबार पनि हरेक इजलासका लागि दुईवटा पेसी सूची प्रकाशन गर्ने । पहिलो पेसी सूची दिउँसो १:३० बजेसम्म नियमित रहने । दोहोर्‍याइपाऊँसम्बन्धी निवेदन सुनुवाइका लागि हाल भइरहेको पेसी कोटासम्बन्धी व्यवस्थालाई यथावत् राख्दै शुक्रबार खाजा समयपछि थप दोहोर्‍याइपाऊँसम्बन्धी निवेदनको सुनुवाइ गर्ने गरी सबै इजलासको पेसी सूची प्रकाशन गरी २:३० बजेदेखि ५ बजेसम्म यस किसिमका निवेदनको सुनुवाइ गर्ने,’ कार्ययोजनामा छ ।