मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Tuesday, 11 March, 2025
मोहन विष्ट कञ्चनपुर
२o७९ बैशाख ८ बिहीबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनलाइन फारम भर्ने नाममा ठगी गर्ने तीनजना पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार १२:१८:oo

अनलाइन सेवाका नाममा ठगी गर्ने कञ्चनपुरका तीन युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनलाइन सेवाबापत सेवाग्राहीबाट चर्को रकम असुल्ने तीनजनालाई पक्राउ गरेको हो।

प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले लोकसेवा आयोगले खोलेका विभिन्न विज्ञापनको अनलाइन फारम भरेबापत तोकिएभन्दा बढी रकम असुल्ने तीनजनालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका– १४ वनकट्टीका केशवराज जोशी, बेदकोट नगरपालिका– ५ धरमपुरका देवराज जोशी र वीरबहादुर धामी रहेका छन्। ‘अहिले हामीले तीनैजनालाई ठगी गरेको आरोपमा पक्राउ गरेका छौँ,’ उनले भने। पीडित सेवाग्राहीबाट आउने उजुरीको प्रकृतिको आधारमा थप कारबाही अघि बढाउने उनले बताए।