१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ६ मंगलबार o७:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टेवा परीक्षणबाटै तल ओर्लेर २३ सयमा आइपुग्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ६ मंगलबार o७:५८:oo

सेयर बजारमा आएको निरन्तरको गिरावटले नेप्से सूचक दुई हजार तीन सय ४३ दशमलव ८७ बिन्दुमा आइपुगेको छ । साताको दोस्रो दिन सोमबार नेप्से सूचक ४१ दशमलव ७७ अंकले घट्न पुगेको छ । दुई हजार चार सयको टेवा परीक्षणबाट बजार झनै तल झरेपछि मनोवैज्ञानिक रूपमै लगानीकर्ता प्यानिक बन्न पुगेका छन् भने बजारमा बिक्री चाप बढेको छ । बजार मूल्य एकदम सस्तो भएकाले पनि लगानीकर्ता बजार प्रवेश गर्न चाहेका छैनन् भने निरन्तर घट्दा नयाँ लगानीकर्ता सेयर बेचेर बाहिरिन थालेका छन् ।

लगानीकर्ता संरक्षणा चौधरी भन्छिन्, ‘साना लगानीकर्ता बाहिरिँदा बजारमा विक्रेताको चाप बढेको छ, नयाँ लगानीकर्ता बाहिरिन थालेका छन्, यसले बजारलाई थप प्रभावित बनाएको छ ।’  यस दिन एक सय ८२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक, हिमालयन ऊर्जा विकास कम्पनी, इमर्जिङ नेपालको सेयर मूल्य ७ प्रतिशतदेखि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । 

कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै घट्नेमा फाइनान्स समूह र निर्जीवन बिमा समूह रहेका छन्, जसको सूचक ३ प्रतिशतसम्मले घटेको छ । जलविद्युत् समूह, जीवन बिमा समूहको सूचक २ प्रतिशतमाथिले घटेको छ ।धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ३८ करोड ७६ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

नबिल बैंक, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंकको सेयर चार करोड रुपैयाँदेखि चार करोड ९६ लाख रुपैयाँसम्मको कारोबार भएको छ । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु भएको दिनदेखि नै लगातार १४औँपटक १०  प्रतिशतले सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटिजन म्युचुअल फन्डको सेयर मूल्य करिब २ प्रतिशतदेखि ८ प्रतिशतले बढेको छ ।

हिमालयन हाइड्रोले पायो आइपिओ निष्कासन अनुमति
हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो । हाइड्रोपावरको बिक्री प्रबन्धकको कार्य ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।