१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार १८:५५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनीमा तीन मन्त्री थपिए, मन्त्रिपरिषद् अझै अपूर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १८:५५:oo

लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले तीन नयाँ मन्त्री थपेका छन्। मुख्यमन्त्री नियुक्त भएको तीन महिनामा मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका आचार्यले बुधबार तीन मन्त्री नियुक्त गरेका हुन्।

यद्यपि, प्रदेश मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन। मुख्यमन्त्री आचार्यले बुधबार कांग्रेसबाट दुई र जसपाबाट एक मन्त्री थपेका हुन्।

बर्दियाका जन्मजय तिमिल्सिना (कांग्रेस) सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार (कांग्रेस) वन तथा वातावरणमन्त्री र बाँकेका आदेशकुमार अग्रवाल (जसपा) आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका हुन्।

१२ सदस्यीय मन्त्रीमण्डल रहने व्यवस्था रहेको लुम्बिनीमा बुधबार तीन मन्त्री थपिएसँगै मन्त्रिमण्डल ११ सदस्यीय पुगेको छ। दलहरुवीच भागबण्डा नमिल्दा मन्त्रीमण्डलले पूर्णता पाउन ढिलाइ हुँदै आएको छ। अब युवा तथा खेलकुद मन्त्रालय खाली राखिएको छ केही दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने प्रदेश सरकारका प्रवक्ता दिनेश पन्थीले बताए।

मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिँदै सिफारिस गरेका छन्। नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथको तयारी गरिएको छ।