१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमतीलाई बन्चरो प्रहार गरी घाइते बनाउने श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १७:४७:oo

बागलुङमा श्रीमानले श्रीमतीलाई बन्चरो प्रहार गरेर गम्भीर घाइते गराएका छन्। जिल्लाको काठेखोला गाउँपालिका–४, तंग्रामका ३० वर्षीय हिमाल परियारले घरायसी विवादमा श्रीमतीलाई बन्चरो प्रहार गरेर घाइते बनाएका हुन्।

१९ वर्षीया अन्जु परियारलाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

कात्तिक ४ गते आइतबार दिउँसो साढे १२ बजे बन्चरो प्रहार गर्दा श्रीमती अन्जुको टाउकोमा चोट लागेको र अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

हिमाललाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो। मंगलबार जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।