१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार १७:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला प्रशासन गुल्मीमा सेवाग्राहीको भिड, राति ९ बजेसम्म सेवाप्रवाह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १७:३८:oo

जिल्ला प्रशासन कार्यालय गुल्मीमा दसैँपछि सेवाग्राहीको भिड बढेको छ। दसैँतिहारको बिदामा घर आएकाहरूले मौका खोजेका कारण सेवाग्राहीको संख्या वृद्धि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा राति ९ बजेसम्म सेवाग्राहीहरूको काम भइरहेको छ। नागरिकता, राहदानी, नाबालक परिचयपत्र र राष्ट्रिय परिचयपत्रका कारण स्वभाविक रूपमा प्रशासनका सेवाग्राही धेरै आउँछन्। अरू वेलामा कार्यालय समयमै नागरिकका काम हुने भए पनि अहिले राति ९ बजेसम्म सेवाप्रवाह गर्नुपर्ने बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। कर्मचारीहरुलाई छुट्टै सुविधा नभए पनि सेवाग्राहीको हितका लागि चार घण्टा बढी सेवा प्रदान गरिएको शर्माले बताए।

प्रशासन कार्यालयमा जनशक्तिका दृष्टिकोणले एक अधिकृत र तीन खरदार पद रिक्त छ। तर, सेवाग्राहीको चाप धेरै हुँदा रातिसम्म सेवा दिनुपर्ने बाध्यता छ। सुरक्षाकर्मी, सवारीचालक र कार्यालय सहयोगीलाई समेत सेवाग्राहीको काम र सहजीकरणमा परिचालन गरिएको शर्माले बताए। ‘भिड व्यवस्थापनदेखि फाइल खोज्ने र रेर्कड व्यवस्थापनमा कार्यालय सहयोगीदेखि चालक खटिइरहेका छन्। दरबन्दीअनुसार पदपूर्ति छैन,’ उनले भने, ‘छुट्टा कामको छुट्टै सुविधा पनि कार्यालयसँग छैन।’

दसैँपछि २९ कात्तिकबाट जिल्ला प्रशासन कार्यालय खुलेको हो। बिदाबाहेक अहिलेसम्म ५२५ नयाँ नागरिकता, ३२९ नागरिकताको प्रतिलिपि, ४९ नाबालक परिचयपत्र, ४९० राहदानी सिफारिस, ३५० राहदानी वितरण, ७९८ राष्ट्रिय परिचयपत्रको विवरण संकलन र ५११ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

सबैभन्दा बढी सोमबार १६१ नयाँ नागरिकता, ३२९ नागरिकताको प्रतिलिपि, १०१ राहदानी सिफारिस, ९३ राहदानी वितरण, १५९ राष्ट्रिय परिचयपत्रको विवरण संकलन र ९५ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको गैरेले जानकारी दिए। सो दिन राति साढे ८ बजे १६१ नम्बरमा मालिका गाउँपालिका–६ की मेलिना अर्याललाई नागरिकता प्रदान गरिएको थियो।