१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपत् प्रतिकार्यमा सबैको सहयोग र योगदान आवश्यक : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १८:१o:oo

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपत् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले सरोकारवाला सबैको सक्रिय सहभागिता तथा योगदान आवश्यक रहेको बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा नागढुंगा–मुग्लिन सडक खण्डमा अवस्थित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सञ्चालन गरिएको ‘बेसिक लाइफ सपोर्ट एन्ड प्राइमरी ट्रमा केयर’ तालिम समापन कार्यक्रममा उनले सबैको सहकार्यमा जोड दिएका हुन्।

विपतकाे समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको अर्यालले बताए। विपत प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूले भूकम्प, बाढीपहिरो, सवारी दुर्घटनालगायतका विपत् जोखिममा परेका हजारौँ नागरिकहरूको जीवन रक्षा गरेको उनले उल्लेख गरे।

‘पोस्ट क्रास रेस्पाेन्स एन्ड केयर’अन्तर्गत पाइलट प्रोजेक्टको रूपमा नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा हुने दुर्घटनाका घाइतेहरूलाई तत्काल उद्धार तथा उपचार सेवा प्रदान गरी जीवन रक्षा गर्ने उद्देश्यले तामिल दिइएको हो। भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबिच माघ २५ भएको सम्झौताअनुसार सो तालिम भएको हो। सम्झौताअनुसार कमान्ड सेन्टरको स्थापनालगायतको कामको तयारी भइरहेको महानिरीक्षक अर्यालले बताए।

ठाउँ विशेष हेरी नेपालका सबै स्थानहरूमा भोलिन्टियरहरू उत्पादन गरी आमनागरिकहरूमा जनचेतना फैलाउने उद्देश्यका साथ औपचारिक रूपमा विपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गत भाद्र १६ गतेदेखि स्वयंसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिमहरू सञ्चालन गरिएको तथा देशका विभिन्न स्थानहरूमा हालसम्म ५८८ जना भोलिन्टियरलाई तालिम दिइसकेको सशस्त्र प्रहरीले जनाएको छ।