१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार १९:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कार्यसम्पादनमा जनस्वास्थ्य कार्यालय प्रदेशभरमा ललितपुर प्रथम, रसुवा सबैभन्दा कमजोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १९:१८:oo

बागमती प्रदेशभित्रका जिल्ला जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ। आर्थिक वर्ष ०८०/८१ को बागमती प्रदेशस्तरीय स्वास्थ्य कार्यसम्पादन समीक्षाका विभिन्न सूचकको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले प्रथम स्थान हासिल गरेको हो।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा सोमबारदेखि आयोजित तीनदिने वार्षिक समीक्षा तथा प्रस्तुतीकरणमा प्रदेश तहका सबै जनस्वास्थ्य कार्यालयले वार्षिक कार्यसम्पादनसम्बन्धी प्रस्तुति दिएका थिए। जसका आधारमा जनस्वास्थ्य कार्यालय ललितपुरले प्रथम स्थान हासिल गरेको निर्देशनालयले प्रदान गरेको प्रशंसा-पत्रमा उल्लेख छ।

उक्त प्रश‌ंसा-पत्र वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमको अन्तिम दिन बुधबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले जनस्वास्थ्य कार्यालय प्रमुख डा. भुवन पौडेललाई प्रदान गरे। जिल्लाका सबै पालिकाले स्वास्थ्यमा गरेको कार्य प्रगति प्रभावकारी भएका कारण जिल्ला जनस्वास्थ्य कार्यालय प्रथम स्थानमा पर्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख डा. पौडेलले जानकारी दिए। उनका अनुसार कार्यसम्पादन तथा स्वास्थ्य क्षेत्रमा गरेको रचनात्मक कार्यका कारण जिल्ला स्वास्थ्य कार्यालयलाई सम्मान गरिएको हो।

बागमती प्रदेश, स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई डाकेर तीनदिने समीक्षा गरेको थियो। यस्तै, कार्यसम्पादन तथा सूचकहरूका आधारमा दोस्रो हुनेमा जनस्वास्थ्य कार्यालय चितवन, तेस्रोमा मकवानपुर, चौथोमा काभ्रेपलाञ्चोक, पाँचौँमा काठमाडौं, छैटौँमा धादिङ, सातौँमा भक्तपुर, आठौँमा जनस्वास्थ्य कार्यालय सिन्धुलीलगायत जिल्ला छन्। सबैभन्दा कमजोर कार्यसम्पादन रसुवाको देखिएको छ।