मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Friday, 14 March, 2025
२o८१ कार्तिक ७ बुधबार २o:४१:oo
Read Time : < 1 मिनेट
समाचार

बन्धक बनाइएकी महिलाको चाल्नाखेलबाट उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार २o:४१:oo

कोटेश्वरबाट दक्षिणकालीको चाल्नाखेल लगेर बन्धक बनाइएकी सिर्जना खत्रीको प्रहरीले उद्धार गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अजित लामाले खत्रीलाई काटेश्वरबाट चाल्नालेख लगेका थिए। खत्रीले उनकी प्रेमिका कविता नेपालीको कोठामा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो। 

प्रहरीले लामा र नेपाली दुवैलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारमा लैजाने प्रलोभनमा खत्रीले लामासँग १६ लाख रुपैयाँ लिएकी थिइन्। तर, खत्रीले लामालाई न वैदेशिक रोजगारमा लैजान सकेकी थिइन्, न त रकम फिर्ता नै गरेकी थिइन्। पटक–पटक रकम माग्दा फिर्ता नदिएपछि लामाले खत्रीलाई चाल्नाखेल पुर्‍याएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए। 

उनले भने, ‘खत्रीले लामासँग वैदेशिक रोजगारीमा लैजाने भन्दै १६ लाख रुपैयाँ लिएकी रहिछिन्। तर, उनले लामालाई भनेबमोजिम गर्न सकेकी रहिनछिन्। त्यसपछि लामाले रकम फिर्ता मागेका रहेछन्। तर, खत्रीले दिन सकिनछिन्। सोही विषयलाई लिएर लामाले  खत्रीलाई चाल्नाखेल लगेको देखिन्छ।’

प्रहरीका अनुसार नेपाली लामाकी प्रेमिका हुन्। पटक–पटकको आग्रहपछि पनि रकम फिर्ता नभएपछि उनले खत्रीलाई बुधबार चाल्नाखेलस्थित प्रेमिकाको कोठामा लगेका थिए।