१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार २o:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

ललितपुर महानगरले गर्‍यो बाढीपहिराे प्रभावित ६ स्थानीय तहलाई साढे तीन कराेड आर्थिक सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार २o:२६:oo

ललितपुर महानगरपालिकाले बाढीपहिरोबाट प्रभावित ललितपुरको एक स्थानीय तहलाई एक करोड र पाँच स्थानीय तहलाई ५०–५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

दक्षिणकाली नगरपालिकालाई एक करोड र गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका , महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई ५०–५० लाख राहत सहायता रकम दिने भएको हो। 

महानगरको बुधबार बसेको कार्यपालिका बैठकले राहत सहयोगसम्बन्धी निर्णय गरेको हो। असोजको दोस्रो साता गएको बाढीपहिरोबाट यी पालिकामा धेरै जनधनको क्षति भएको थियो। ‘यी ६ पालिकामा भौतिक पूर्वाधार भत्किएका छन्, पानीको मुहानमा अवरोध पुगेको छ। पानीको पाइप फुटेका, पुरिएका र थिचिएका छन् ,’ ललितपुर महानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विपत् व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ।’

ललितपुरको दक्षिण भेगमा अवस्थित गोदावरी नगरपालिका, महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई संघीय सरकारले विपत् संकटग्रस्त पालिका घोषणा गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले  अभिभावकत्व ग्रहण गर्दै अप्ठ्यारो परेको वेलामा सहयोग गरेको बताए। उनले भने, ‘यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनर्निर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।’