१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ५ सोमबार २२:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचन सार्ने षडयन्त्र भइरहेको एमाले सचिवालयको निष्कर्ष (आठबुँदे निर्णयसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार २२:o३:oo

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आशंका गर्दै कडा विरोध गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा सोमबार राति सम्पन्न सचिवालय बैठकले विभिन्न आठ निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 
गुरुङका अनुसार यस्ता छन् निर्णय
१. आगामी स्थानीय निर्वाचन सार्ने षड्यन्त्रको कडा विरोध गर्ने र तल्ला तहका कमिटीलाई निर्वाचनको अभियानमा लाग्न आह्वान
२. स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा तयारी समितिले पेस गरेको घोषणा-पत्र पारित
३. कतिपय स्थानीय तहमा सिफारिस भएका नाम प्रदेश र संघीयमा सामानुपातिक सूचीमा रहेकाले ती नाम हटाउने निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिने 
४. थप १२ वटा विभाग गठन 
५. सल्लाहकार परिषद् १७३ सदस्यीयबाट बढाएर २७८ सदस्यीय बनाउने सल्लाहकार परिषद्को निर्णय अनुमोदन 
६. सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने सिफारिस अनुमोदन 
७. वैशाख ९ गते नेकपाको स्थापना दिवसको अवसरमा स्थानीय तह निर्वाचन घोषणा-पत्र सार्वजनिक गर्ने र जेष्ठ कम्युनिस्टलाई सम्मान कार्यक्रम गर्ने । 
८. केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलमा सार्ने ।