
जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन निर्देशन दिएका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए। स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको हो । तोकिएको समयमा हतियार नबुझाएमा कानुनबमोजिम भइजानेसमेत प्रजिअ जैसीले बताए।