मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Tuesday, 11 March, 2025
२o७८ चैत ३ बिहीबार १२:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँपालिकाद्वारा विपन्न घरपरिवारलाई जस्तापाता वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार १२:o६:oo

धनकुटाको चौबिसे गाउँपालिकाले ४९ विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरेको छ। फुसको छानामुक्त गाउँपालिका बनाउने अभियानअन्तर्गत वडा नं. ६ राजारानीका ४९ घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो। 

यसै वर्षभित्र गाउँपालिकालाई पूर्ण रूपमा फुसको छानामुक्त बनाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए। गाउँपालिका र संघीय कार्यक्रमअन्तर्गत गाउँपालिकाले सबै वडाहरूमा जस्तापाता वितरण गर्दै आएको छ। कार्यक्रमअन्तर्गत हालसम्म करिब ६ सय ५० घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ।  जसमध्ये तीन सय २० घरपरिवारलाई गाउँपालिकाकै बजेटमार्फत वितरण गरिएको अध्यक्ष राईले बताए।

जस्तापाता वितरण अभियान करिब अन्तिम चरणमा पुगेको बताइएको छ। यो वर्षको अन्त्यसम्ममा सबै विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिसक्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ। चौबिसे गाउँपालिकामा आठ वडा रहेका छन्।