मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २१ शनिबार १७:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल शक्तिराष्ट्रको चलखेलको केन्द्र बन्ने खतरा : कमल थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार १७:२१:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले एमसिसी संसदबाट पारित गराउन शक्ति राष्ट्रहरूले नेपालमाथि दबाब र प्रभाव दिएको भन्दै थापाले नेपाल चलखेलको केन्द्र बन्ने खतरा बढेको बताए।

अमेरिकाले एससिसी छिटो पास गर्न दबाब दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै उनले त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्न सक्ने देखिएको विश्लेषण सुनाए। विदेशी शक्ति राष्ट्रहरूले नेपालको स्वतन्त्र अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक दलका नेताहरूलाई दबाब दिइरहेको उनको दाबी छ। 

‘सबभन्दा डरलाग्ने र खतरा कुरा के भने नेपाल विस्तारै विश्व महाशक्तिको चलखेलको केन्द्र बन्न लागेको स्पष्ट हुन्छ। यही एमसिसीको कुरा गर्दा अमेरिकी पदाधिकारीहरू भन्छन्–चाँडो भन, चाँडो निर्णय गर, नभए खारेज गर्छौं। चीनका पदाधिकारीहरू भन्छन्– जबर्जस्ती अनुदान दिनुहुँदैन,' थापाले भने, 'नेपालले अनुदान लिने वा नलिने भन्ने कुरा हामीले निर्णय गर्ने कुरा हो। देशलाई हित हुन्छ भने लिन्छौँ, हुँदैन भने हामी लिँदैनौँ। तर, विदेशी शक्तिको दबाब र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरूलाई परिरहेको छ। यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भीर प्रश्न खडा भएको छ।’