मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १७ मंगलबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १७ मंगलबार १७:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचन : फागुन अन्तिम साताबाट आचारसंहिता लागू गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १७ मंगलबार १७:४८:oo

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले फागुन अन्तिम साताबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगका अनुसार दल दर्ताको प्रक्रिया पूरा भएपछि आचारसंहिता लागू गर्ने तयारी भइरहेको छ। 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि परेका निवेदनको टुंगो लागेपछि आचारसंहिता लागू गर्ने तयारी रहेको छ। ‘दल दर्ताका लागि परेका निवेदनको छानबिन गरी स्वीकृत प्रदान गरेपछि निवार्नचनमा सहभागी हुने दलको टुंगो लाग्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचनमा सहभागी हुने दलको टुंगो र निर्वाचन अधिकृतको टुंगो लागेसँगै आचारसंहिता लागू गर्ने तयारी छ। फागुन अन्तिम साताबाट आचारसंहिता लागू हुने सम्भावना छ।’  

आयोगले फागुन १५ सम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिने समयावधि तोकेको थियो। यस अवधिमा ८० दलले निवेदन दिएका थिए। आयोगका अनुसार फागुन १६ सम्मको अवधिमा आयोगमा १११ दल दर्ता भएका छन्। 

आयोगका पदाधिकारीको बैठकले निर्वाचन प्रभावित हुन सक्ने अवस्थालाई हेरेर आचारसंहिता स्वीकृत गरी लागू गर्ने गर्दछ। आयोगले आचारसंहिता बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। विभिन्न चरणमा निर्वाचन आचारसंहिता लागू हुनेछ। सोमबार आयोगले सूचनामार्फत चैत्र १५ अघि कर्मचारीको सरुवा र पदस्थापना गरिसक्न निर्देशन दिएको थियो। आयोगले चैत्र १५ पछि स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म कर्मचारीको सरुवा र पदस्थापना नगर्न निर्देशन दिइसकेको छ।