मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Thursday, 19 December, 2024
प्रेमप्रसाद ढकाल
२o७८ फाल्गुण १५ आइतबार o९:o६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सम्पत्तिको चाङमाथि हाम्रो दुर्दशा कहिलेसम्म ?

भोको मानिसले देशभित्रै श्रम गर्ने आधार र खान पाउने अधिकार कानुनी रूपमै पाउने व्यवस्था राज्यले गर्नुपर्छ । हामी यहीँनेर धेरै चुकिसकेका छौँ ।

Read Time : > 2 मिनेट
प्रेमप्रसाद ढकाल
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार o९:o६:oo

राज्य मानिसजस्तो अनिश्चित आयुमा बाँचेको हुँदैन । यसले हाल भइरहेका, तत्काल जन्मिएका र दशकौँपछि जन्मिने सन्तानका लागि पनि भविष्य सुनिश्चित गर्नुपर्छ । संस्थागत सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र पारदर्शी शासन व्यवस्था राज्यका सर्वस्वीकार्य मानक हुन् । यसको व्यवस्थापनका लागि सचेत र कर्मशील जनता र दूरदृष्टि भएको शासक चाहिन्छ । कहिलेकाहीँ सनकी शासकबाट सत्तालाई सिकारको बिलो ठानी भएभरको आफैँ सोहोरेर आफूसँगै राज्य सिध्याउने शासकीय प्रवृत्ति हाबी भई सबै निकाय भताभुंग पार्ने हुँदा सचेत जनताको निगरानी हरदम आवश्यक हुन्छ । संविधानको दायराभित्र बसेर कानुनको पालना गराउने शासक निरंकुश र क्रूर त बन्नैपर्छ । आप्mनो भूगोल, इतिहास, सम्पदा, मनोविज्ञान, समाज र श्रम नचिन्ने शासकले देशको उन्नति गर्दैन । दुःखी, पीडित र संघर्षशील जनताका असन्तोषी र विद्रोही प्रवृत्तिलाई हेरेर शासकले विकासका अवधारणा बनाउनुपर्छ । भोको मानिसले देशभित्रै श्रम गर्ने आधार र खान पाउने अधिकार कानुनी रूपमै पाउने व्यवस्था राज्यले गर्नुपर्छ । हामी यहीँनेर धेरै चुकिसकेका छौँ । 

 स्रोतसाधन, प्राविधिक ज्ञान र दक्ष जनशक्तिलाई एउटा असल, दूरदर्शी र पौरखी शासकले चलाउनुपर्छ । पछिल्लो आधा शताब्दीमा चीन, भारत, मलेसिया, सिंगापुर र कोरिया कुन चमत्कारले त्यहाँ पुगे ? कसको नेतृत्व, कस्तो सोच र विचारले उनीहरू माथि उक्ले ? प्राकृतिक स्रोतसाधन, जैविक तथा भौगोलिक विविधता र जमिनमुनिका असंख्य धातु, खनिज तथा इन्धन सबै छोपेर हामी किन परनिर्भर बन्यौँ ? गम्भीर आत्मसमीक्षा गरौँ । नेताका स्वभावजन्य दोष, स्वार्थी मनोवृत्ति, धनमा लिप्त कर्म, दास मनोवृत्ति र आत्मकेन्द्रित सोच यी घातक तत्वको अन्त्य नभई देश बन्दैन । 

नेपाल कृषिप्रधान देश हो । पानी, बिजुली र बाटो ग्रामीण जनताका आधारभूत आवश्यकता हुन् । यसका लागि स्थानीय स्रोत, साधन तथा जनशक्तिलाई प्रयोगमा ल्याउनुपर्छ । त्यहाँ काम भइरहेको प्रणालीलाई सरल र सहज बनाउनुपर्छ । ग्रामीण विकासको मेरुदण्ड भनेकै कृषि तथा पशुपालन हो । साथै हस्तकलाका केही सीपयुक्त घरेलु उद्योगलाई सहजीकरण र प्रोत्साहन गरी जनताको सहभागिता, आकर्षण र लगानी बढाउनुपर्छ । हलो काटेर मुंग्रो बनाउने नीतिले अब कृषिको उन्नति हुँदैन ।

हाम्रा पुर्खामा पशुपालन तथा कृषिकर्मको व्यावहारिक ज्ञान, सीप र क्षमता अब्बल थियो । तिथिमिति र साइत जुराएर काम गरिन्थे । मौसमको अनुकूलता हेरेर उत्पादनका काम सुरु हुन्थे । भारोपर्म र साथसहयोगमा कमी थिएन । दुई छाक खान कसैसँग हात जोड्नु पर्दैनथ्यो । मकै, कोदो, धान, गहुँ आदि अन्न प्रशस्त हुन्थे । भकारीभरि अन्न हुन्थ्यो । घरघरमा ढिकीजाँतो थिए । कुटानी पिसानीमा कुनै समस्या थिएन । बारीभरि सागसब्जी बाह्रै महिना हुन्थ्यो । गोठभरि गाईभैँसी, बाख्रापाठा भरिभराउ हुन्थे । दूध, दही, घिउ, मोही कहिल्यै अभाव भएन । लटरम्म फलेका फलपूmलका बोट हुन्थे । चाडपर्वको रौनक आप्mनै प्रकारको आनन्ददायक थियो । तर, गाउँहरू आज त्यस्ता छैनन् । उजाड छन् । 

गाउँको त्यति सुन्दर रहनसहन कसरी बिग्रियो ? कसले बिगा¥यो ? आप्mनो माटो खोस्रन छाडेर खाडीको बाटोे रोजायोे कसले ? आमाको गर्भमै सीप सिकेका विश्वकर्मा बाबाका सन्तानलाई शोषणको नाम दिएर भरिया बनायो कसले ? किसानले आप्mनो रगत पसिनाले उत्पादन गरेको सामानको मूल्यमा बिचौलियाको हुकुम चलायो कसले ? आप्mना उत्पादनलाई कौडीको मूल्यमा बेचेर परजीवी बनायो कसले ? भ्रष्टाचारले देश थिलथिलो हुँदा पनि चुप रहने परिपाटी बसाल्यो कसले ? सही उत्तर नखोजी विकास सम्भव हुँदैन । लिक्वान यूले सिंगापुर कसरी बनाए ? मलेसियामा महाथिर किन सम्मानित भए ? गान्धीको चर्खाले भारतीयलाई स्वदेशी उत्पादनतर्फ मोडिन कसरी प्रेरित ग¥यो ? मन्डेला कसरी शताब्दी पुरुष भए ? आफ्नै छिमेकीको त्यो उन्नति के कारणले भयो ? खोइ खोजेको ? खोइ चासो दिएको ?

 विकास राजनीतिक एजेन्डामा भर पर्छ । हाम्रो राजनीतिक एजेन्डा बनाउन चुनिएका केही चिल्ला मान्छे शीर्षस्थानमा बस्छन् । प्राध्यापक, उद्योगी, व्यापारी, पूर्वराजदूत र कोही जनप्रतिनिधि जुनसुकै भेषमा रहे पनि ती बिचौलिया दलाल हुन् । तिनका लागि सिंहदरबारलगायत सबैतिरका मूलढोका सधैँ खुला रहन्छन् । मूलढोकाभित्र पसेपछि त्यहाँ के हुन्छ ? त्यो भनिरहनुपर्दैन । प्रत्यक्ष देखेर पनि पार्टीका कुनै नेता, कुनै निकाय, चुइँक्क बोल्दैनन् । हेड र हेडक्वाटर सधँै मौन रहन्छन् । एजेन्डा पारित गर्नेे उपल्लो निर्णय कहिल्यै देश र जनताको भलाइमा हुँदैन । यसरी बन्छ हाम्रो राजनीतिक एजेन्डा । बिचौलियाको रजाइँले नचाएका नेता भएको देशको उन्नति कहाँ भएको छ ? यो वा त्यो बहानामा विदेशी आँखा त्यसै नेपालमा गाडिएका होइनन् । दार्चुलाको पहाडमा बारम्बार विदेशी हेलिकोप्टर रहरले उडेको होइन । धर्मनिरपेक्षता र संघीयता कसैको चलखेलको औजार नबनोस् । नेपाल र नेपालीको स्वाभिमानी अस्तित्व, हजारौँ जडीबुटी, खरबौँका खानिजन्य पदार्थ र प्राकृतिक तथा जैविक विविधतासहितको यो सुगन्धित माटोको रक्षा गरौँ । समयमै सबैको चेत खुलोस् ।