मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ पौष ४ बिहीबार १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा आजदेखि फेवा सम्वाद हुने :दुई दिने सम्मेलनमा नेपालसहित १० देशका सहभागि हुदै                                                                                                                                

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १२:१४:oo

दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आबद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्धेश्यले पर्यटनको राजधानी शहर पोखरामा आज बिहीबारदेखी फेवा संवाद २०२४ नाम दिएर अन्तराष्ट्रिय सम्मेलन सुरु हुदैछ ।

त्रिभूवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा बिहीबारदेखी सुरु हुने सम्मेलन शुक्रबारसम्म चल्नेछ । पहिलोपटक आयोजना गरिएको सम्मेलनमा चीनका ३०, नेपालका २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३÷३ जना सगै भुटान, मलेसिया, सिंगापुर, ईण्डोनेसिया लगायतका देशबाट आएका विषयविज्ञ, अर्थशास्त्री, थिंक ट्याङ्क, राजनीतिज्ञहरु लगायतले आआफनो विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुन सक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यमा केन्द्रीत हुने त्रिभूवन विश्वविद्यालयका रेक्टर प्रा.डा.खड्क केसीले जानकारी दिए । केसीका अनुसार सम्मेलनमा संवादमा विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरुका बारेमा समेत बहस एंव छलफल हुने छ । 

पोखराको मात्र नभएर देशकै प्रमुख पर्यटकीय केन्द्र मध्येको एक फेवातालको नामबाट राखिएको सम्वादको पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गर्ने छिन् । संवादमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री विद्या भट्टराई अधिकारी, पूर्व मन्त्रीहरु कमल थापा, डा.युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा.प्रकाशशरण महत लगायतका राजनीतिज्ञहरु, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा.दीपेन्द्रबहादुर क्षेत्री, प्रा.डा.गोविन्दराज पोखरेल, डा.विश्व पौडेल, पूर्व राजदुतहरु, विश्वविद्यालयका प्राध्यापकहरु  लगायतको सहभागिता रहने छ ।