बिहानीपख हुस्सुले ढकमक्क टौदहमा हाँसहरू खेलिरहेका छन्। सूर्यको उदयसँगै पानीमा चराहरू खेलिरहेको दृश्य निकै मनमोहक र आनन्दिलो देखिन्छ । बिहानी सूर्योदयको पहिलो किरणले टौदहलाई स्पर्श गरेसँगै रातोलालीले पानीको सतहलाई मनमोहक बनाइदिन्छ ।
यहाँको रमणीयता र सुन्दरतालाई अवलोकन गर्न काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानबाट आन्तरिक पर्यटक आउँछन् । हिउँदमा काठमाडौंस्थित टौदहमा विभिन्न प्रजातिका साइबेरियन चराहरू पनि आउने गर्छन् ।