मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
२o८१ पौष ४ बिहीबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सधैँ समाजसेवामा श्रेष्ठ परिवार : सेवाग्राहीको सास्ती देखेर प्रशासनमा फर्निचर सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार ११:५५:oo

मानबहादुर एन्ड मायादेवी फाउन्डेसनले जिल्ला प्रशानस कार्यालय गुल्मीमा फर्निचर सामग्री सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने गर्दछ । सेवा प्राप्त गर्ने क्रममा सेवाग्रहीले सास्ती पाएपछि सहजताका लागि फाउन्डेसनले १२ थान अडेस लाग्न मिल्ने बेन्च सहयोग गरेको हो । मानबहादुर श्रेष्ठले समाज कल्याणको काममा आफूलाई स्थापित गरेका छन् ।

लामो समयदेखि सामाजिक सहयोगकका काममा सक्रिय श्रेष्ठले फाउन्डेसन नै बनाएर विभिन्न क्षेत्रमा सहयोग गरिरहेका छन् । बुधबार श्रेष्ठले फाउन्डेसनमार्फत निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई फर्निचर सामग्री प्रदान गरेका थिए । नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीका कारण प्रशासनका अत्यधिक भिड छ ।

नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले ज्येष्ठ नागरिकहरू पनि उभिनुपर्ने, चिसो भुइँमा बसेर पालो पर्खिनुपर्ने स्थितिको अन्त्य गर्ने श्रेष्ठ परिवार र फाउन्डेसनलाई धन्यवाद दिए । सामाजिक काममा धेरै पहिलेबाट आफूको पनि रुचि र प्रशासनमा सेवाग्राहीको अवस्था बुझेर सहयोग गर्ने अवसर जुरेको फाउन्डेसनका संरक्षक मानबहादुर श्रेष्ठले बताए । निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले मानबहादुर र उनका छोराहरूबाट सबैले सामाजिक काम सिक्नुपर्ने बताए ।