मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २ सोमबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २ सोमबार o७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २ सोमबार o७:३४:oo

सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजे सर्वदलीयय बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उनले भने, ‘आज २ बजे समसामयिक विषयमा छलफल गर्न सभामुखज्यूले बैठक बोलाउनुभएको छ ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतलाई बोलाइएको छ । सर्वदलीय बैठकमा दलका प्रमुख सचेतक र सचेतकहरूसमेत बस्ने बताइएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि आज सभामुखको पहलमा सर्वदलीय बैठक बस्न लागेको हो ।