१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लता मंगेशकर : जसको स्वर सुनेर नेहरूका आँखामा आँसु भरियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५५:oo

चर्चित भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। भारतका महान् तथा सम्मानित गायकहरूमध्ये एक मानिने लताले हजारभन्दा बढी हिन्दी चलचित्रहरूमा आफ्नो स्वर दिएकी छिन्। उनले भारतका अन्य ३६ स्थानीय भाषाहरूमा समेत आफ्नो स्वर भरेकी छिन्। ‘द नाइटिंगेल अफ इन्डिया’ को उपनाम दिइएकी उनलाई सन् २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरिएको थियो। 

शास्त्रीय गायक तथा रंगमञ्च कलाकार पण्डित दीनानाथ मंगेशकर र उनकी दोस्री पत्नी सेवन्तीको कोखबाट १९२९ मा भारतको इन्दोरमा लताको जन्म भएको थियो। उनका पिताले आफ्नो पैतृक सहर गोवाको मंगेश सहरको नामबाट मंगेशकर थर राखेका थिए। उनको नाम सुरुमा हेमा थियो। तर, उनका पिताको ‘भाव बन्धन’ नामक चर्चित  नाटकको महिला पात्र लतिकाको नामबाट उनको नाम लता राखिएको थियो। लताका एक भाइ र तीन बहिनी छन्। उनका बहिनी तथा भाइले पनि सांगीतिक क्षेत्रमा पहिचान बनाएका छन्। उनकी सानी बहिनी आशा भोस्ले हिन्दी चलचित्र उद्योगकी निकै चर्चित गायिकाहरूमध्ये एक हुन्। 

सन् १९४२ मा पिताको निधन भएपछि मंगेशकर परिवारका नजिकका मित्र मास्टर विनायकले लतालाई मार्गदर्शन गरे र मराठी चलचित्रमा गायिका तथा अभिनेत्रीको रूपमा उनको करिअर सुरु गर्नमा मद्दत गरे। १९४५ मा विनायकको साथमा लता मुम्बई पुगिन् र भिन्डीबजार घरानाका उस्ताद अमन अली खानसँग हिन्दुस्तानी शास्त्रीय संगीत सिक्न सुरु गरिन्। १९४६ मा ‘आप की सेवा में’ नामक चलिचत्रमा ‘पा लागु कर जोरी रे’ बोलको ठुमरी गीत गाएर हिन्दी चलचित्रको पार्श्व गायनमा आफ्नो करिअरको सुरुवात गरिन्। यसअघि १९४२ मा मराठी चलचित्र ‘किती हसाल’मा उनले गाएको गीत अन्तिम सम्पादनबाट हटाइएको थियो।

१९४८ मा विनायकको निधनपश्चात् संगीतकार गुलाम हैदरले लतालाई मार्गदर्शन गरे। त्यसवेला एकजना संगीत निर्देशकले लताको स्वरलाई ‘निकै मसिनो’ भनेर अस्वीकार गरेका थिए। त्यसको प्रतिक्रियामा हैदरले निर्माता र निर्देशकहरूले ‘लताको चरणमा गिरेर आफ्ना चलचित्रहरूमा गीत गाउनका लागि लतासँग भिख माग्नुपर्नेछ’ भनेका थिए। हैदरको भविष्यवाणी सही हुन पुग्यो। लता भारतीय चलचित्रको इतिहासमा सबैभन्दा सफल पार्श्व गायकहरूमध्ये एक बन्न सफल भइन्। 

उनले १९५० देखिको ७ दशकमा गाएका कालजयी गीतहरूमध्ये ‘आयेगा आनेवाला’, ‘आज फिर जिने की तमन्ना’, ‘लग जा गले’, ‘मोहे पनघाट पे’, ‘चल्ते चल्ते’, ‘कोरा कागज था ए मन मेरा’, ‘तेरे विना जिन्दगीसे कोई’, ‘कभि खुसी कभी गम’लगायत रहेका छन्। आफ्नो करिअरको प्रारम्भिक दिनहरूमा लताले शमशाद बेगम र मोहम्मद रफीदेखि पछिल्ला वर्षहरूमा उदीतनारायण झा, सोनु निगम र अन्य संगीत निर्देशकसँग सहकार्य गरेकी छिन्। 

लताको अदभूत गायन सुनेर भारतका पूर्वप्रधानमन्त्री जवारलाल नेहरूले समेत आँसु झारेका थिए। २७ जनवरी १९६३ मा लताले दिल्लीमा नेहरूको अगाडि ‘ए मेरो वतन के लोगो’ बोलको गीत गाएकी थिइन्। सन् १९६२ को भारत–चीन युद्धमा ज्यान गुमाएका भारतीय सैनिकहरूको सम्झनामा कवि प्रदीपले लेखेको गीतको भावनात्मक प्रस्तुतिले नेहरूको आँखामा आँसु ल्याएको बताइन्छ। 

दिग्गज गायिका लतालाई १९८९ मा भारतको सिनेमा क्षेत्रको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो। उनलाई तीन पटकसम्म उत्कृष्ट महिला पार्श्व गायिकाको रूपमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको थियो। उनी सर्वश्रेष्ठ पार्श्व गायिकाका लागि फिल्मफेयर अवार्ड पाउने पहिलो महिला पनि हुन्। उनले चारपटकसम्म ‘ब्ल्याक लेडी’ अवार्ड जितेकी छिन्। सन् १९७१ मा उनले नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्नका लागि आयोजकहरूलाई आफ्नो नाम अवार्डका लागि थप मनोनयन नगर्न अनुरोधसमेत गरेकी थिइन्। 

गत वर्ष निधन भएका भारतीय अभिनेता दिलीप कुमारले लताबारे एकपटक भनेका थिए, ‘जसरी फूलको सुगन्धको कुनै रङ हुँदैन, बग्ने झरना वा शीतल पवनको कुनै देश हुँदैन, निर्दोष बालकको मुस्कानको कुनै धर्म हुँदैन, त्यसैगरी लता मंगेशकरको आवाज प्रकृतिको सिर्जनशीलताको एक चमत्कार हो।’ 


 

ad
ad