
कञ्चनपुरमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन्। लालझाडी गाउँपालिका– २ कञ्जका २५ वर्षीय रामविलास रानाले ४५ वर्षीय बाबु ठग्गु रानाको हत्या गरेका हुन्।
अशंबन्डाको विवादलाई लिएर छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ। रामविलासले बन्चरो प्रहार गरी बाबुको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। रामविलासलाई प्रहरीले नियन्त्रणमा लिएको छ।