१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२०७८ माघ १३ बिहीबार १४:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जलविद्युत् आयोजनाको सुरुङमार्गमा मजदुर बेपत्ता    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
२०७८ माघ १३ बिहीबार १४:५७:००

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमार्गमा दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन्। आज हानथुलुङ दूधकोसी गाउँपालिका– ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिँदा एकजना मजदुर हराइरहेको र एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका– १ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका– ४ का २० वर्षीय अंगत राय थारूको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएको छ।

आज करिब ४–५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप बिछ्याउन जाने क्रममा सामग्रीसहित चारजना मजदुर चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ। घटनामा परेका अन्य दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए।

हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य निर्माण सामग्रीका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ। सुरुङमार्गभित्र मानिसका साथै निर्माण सामग्री ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ।