मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ माघ ४ मंगलबार २o:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नाकामा कोरोनाको चेकजाँच तीव्र पार्न स्वास्थ्यमन्त्रीको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार २o:२७:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नाकामा कोरोनाको चेकजाँच अझै तीव्र पार्न निर्देशन दिएका छन्। कोभिड संक्रमण भएकाहरूलाई एम्बुलेन्स वा अन्य विशेष सवारीसाधनमार्फत होम आइसोलेसन वा कोभिडको उपचार हुने अस्पतालसम्म पुर्‍याउन व्यवस्थापन गर्न सकिने बताए। मंगलबार नेपाल भारतको महोत्तरीकाे मुख्य नाका मलिवारा भिठामोडस्थित हेल्थडेस्कको निरीक्षण गर्न पुगेका खतिवडाले स्थानीय तह र जिल्लाबाट नै हेल्थडेस्कमा जनशक्ति मिलान गर्न र एन्टिजेन टेस्ट बढाउन निर्देशन दिए। 

 उनले अहिले खोप लगाउनेतिर बढी ध्यानाकर्षण गर्न र चैतभित्र लक्ष्य प्राप्त गर्न सहरकेन्द्रित भन्दा पनि बस्तीकेन्द्रित भएर खोप अभियानलाई तीव्रता दिन स्थास्थ्यकर्मीलाई आग्रह गरे।   महोत्तरीमा प्रमुख जिल्ला अधिकारीले जिल्लास्तरमै सेवा चाहिए विभिन्न कार्यालयहरूमा खोप अनिवार्य गरेकोमा यो निक्कै सकारात्मक प्रयास भएको भन्दै मन्त्री खतिवडाले प्रजिअ वासुदेव दाहाललाई बधाई दिए। महोत्तरीमा हालसम्म पहिलो डोज ५६ प्रतिशतले, दोस्रो डोज ३४ प्रतिशतले तथा मोडर्ना खोप ८५ प्रतिशत (विद्यार्थी)ले लिइसकेका छन्।

प्रादेशिक अस्पताल जलेश्वरमा जनशक्ति अभावमा दुई वर्षदेखि भेन्टिलेटर प्रयोगविहीन रहेको र आइसियूसमेत सञ्चालनमा आउन नसकेकोबारे बोल्दै मन्त्री खतिवडाले जनशक्ति तालिम दिएर वा अन्य कुन तरिकाले पूर्ति गर्न सकिन्छ तत्काल पूर्ति गरिने बताए। उनले कोरोनाको तेस्रो लहरसँग लड्न अस्पताल र स्वास्थ्यकर्मीहरू अक्सिजनसहित तयारी अवस्थामा बस्न भन्दै केन्द्रबाट चाहिने सहयोग गर्न आफू तयार रहेको बताए।