मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २२ बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणहिटी परिसरमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार १७:११:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयको परिसरमा बतास समूहलाई क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालन गर्न अनुमति दिइएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिलाई सुझाबसहितको प्रतिवेदन पेस गर्न तीन दिनको समय दिइएको छ। बतास समूहलाई रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको प्रक्रिया, वस्तुस्थितिलगायत विषयमा विस्तृत अध्ययन गरी राय सुझाबसहितको प्रतिवेदन तयार पारी पेस गर्न समितिलाई निर्देशन दिइएको छ।

समितिका सदस्यहरूमा उपसचिव सूर्यमणि गौतम, टेकनारायण पौडेल, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। उनका अनुसार बिहीबारको मन्त्रीस्तरीय बैठकले समिति गठन गर्ने निर्णय गरेको थियो।