१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ३ शनिबार १२:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत खपत बढाउन ऊर्जामन्त्री भुसालको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ३ शनिबार १२:४४:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छिन्। शनिबार काठमाडौंको क्षेत्रपाटीमा एक कार्यक्रममा बोल्दै उनले विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई आग्रह गरिन् ।
 
मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै उनले यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पु–याउन पनि सबै क्षेत्रलाई आग्रह गरिन्। मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजान सरकार लागिपरेको बताइन्। उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महसुलदरसमेत घटाएको बताइन् । 

‘आफ्नै देशको जलस्रोत हो। यसबाट उत्पादित भएको बिजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँदछु। र, ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस् भनेर अपिल गर्न चाहन्छु। भान्सामा प्रयोग गर्ने एलपी ग्यास होस् वा उद्योग–कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस्। अझ बढी यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनको प्रयोग बढाऔँ । जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ। सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ। र यसले असन्तुलित व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सकिन्छ,’ उनले भनिन् ।