मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २ शुक्रबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २ शुक्रबार २१:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महानगरीय प्रहरी परिसरको प्रमुखमा गिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २ शुक्रबार २१:o७:oo

काठमाडौं जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी आएका छन्। यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरीले महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन्। 

उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। गिरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट परिसरको नेतृत्व लिन आएका हुन्। भैरहवा विमानस्थलमा दरबन्दी सिर्जना गरिए पनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई सिंह प्रहरी प्रधान कार्यालयमै रहनेछन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीलाई सरुवा गरी पठाइएको छ। हालका प्रमुख (एसएसपी) राजेश वास्तोला लामो बिदामा गएकाले मैनालीलाई पठाइएको प्रवक्ता कुँवरले जानकारी दिए।