१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ मङ्सिर २७ सोमबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २७ सोमबार १८:३४:००

दाङमा कोइलाखानीमा च्यापिँदा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १ दाङ्जामा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही उप–महानगरपलिका वडा नं १९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार  खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।