
नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीको आगामी कार्यदिशा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ हुने बताएका छन्। नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे।
बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच आफ्नो अवधारणा–पत्र सार्वजनिक गर्दै उनले चुनाव आफैँ जित्ने जनताको रोजाइको कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको पनि बताए। ‘अब चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन। चुनाव आफैँ जितिन्छ। आफैँ आउँछन् मतदाता। लाइन लागेर आउँछन्। कांग्रेसलाई छान्न आउँछन्, रोज्न आउँछन्। कांग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो। त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ। हाम्रो कार्यक्रमले बनाउँछ। यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो।’
नेता थापाले आफू महामन्त्री भए कांग्रेसलाई देख्न, सुन्न र बुझ्न सक्ने पार्टीको रूपमा स्थापित गराउने बताए। उनले महामन्त्रीको रूपमा आफूले कांग्रेसलाई प्रश्न होइन, उत्तर दिने, समस्या होइन, समाधान दिन सक्ने पार्टी बनाउने संकल्प लिएको बताए।
यस्तो छ अवधारणापत्र