मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Thursday, 19 December, 2024
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ३ शुक्रबार १३:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशभरका उच्च अदालतमा आन्दोलन गर्ने तय भइसक्यो : बार अध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १३:४९:oo

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले देशभरका सबै उच्च अदालतमा आन्दोलन गर्ने तय भइसकेको बताएका छन्। बारको तेस्रो चरको आन्दोलनको अन्तिम दिनको विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले १८ वटै उच्च अदालतमा आन्दोलनका कार्यक्रम तय भइसकेको बताएका हुन्।

बारका ९० वटै इकाइबाट आन्दोलनमा सहभागी हुने सुझावका आधारमा आन्दोलनलाई सशक्त बनाउन लागिएको बताए। ‘देशभरका १८ उच्च अदालतमा आन्दोलन गर्ने कार्यक्रम तय भइसकेको छ,’ बार अध्यक्ष श्रेष्ठले भने, ‘भ्रष्टाचारी र बिचौलिया भएको ठाउँमा कर्मचारी र न्यायकर्मीले काम गर्न सक्दैनन्।’