१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ९ शनिबार
  • Thursday, 04 July, 2024
मोरङको मिक्लाजुङ मधुमल्लामा एक व्यापारीले भण्डार गरेर राखेको अलैँची । तस्बिर : नयाँ पत्रिका
२o७८ असोज ९ शनिबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

अलैँचीको मूल्य बढ्यो, तर उत्पादन घट्ने आकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ९ शनिबार o७:२o:oo

चार वर्षअघि देखि ओरालो लागेको अलैँचीको मूल्यमा यो वर्ष केही सुधार आएको छ । केही वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार हुँदै आएको चलनचल्तीको अलैँचीको मूल्य घटेर प्रतिमन २२ हजार पाँच सयसम्म आएको थियो । 

हाल अलैँचीको मूल्य प्रतिमन ३८ हजार रुपैयाँ रहेको महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए । यस्तै, मध्यम खालको प्रतिमन ३९ हजार रुपैयाँ र उत्कृष्ट अलैँची प्रतिमन ४० हजार रुपैयाँमा कारोबार भएको काकीको भनाइ छ । ‘अहिले बजारमा अलैँचीको उत्पादन घटेको अनुमान छ । यदि अलैँचीको उत्पादन घट्यो भने अलैँचीको मूल्य बढ्छ,’ उनले भने, ‘अहिलेचाहिँ अलैँचीको मूल्य चार वर्षयताकै राम्रो छ ।’

नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने भए पनि ४१ प्रतिशत उत्पादन ताप्लेजुङले धान्छ । अलैँची कारोबारको राजधानीका रूपमा झापाको बिर्तामोडलाई मानिन्छ । ९८ प्रतिशत अलैँचीको निकासी पूर्वीनाका काँकडभिट्टा बाट हुँदै आएको छ । विश्व बजारमा अलैँचीलाई सुकमेलले विस्थापित गरेका कारण अलैँचीको मूल्य घटेको महासचिव भट्टराईको भनाइ छ । ‘सुकमेलको क्वालिटीमा ह्रास आएर यसपटक अलैँचीले बजार पाउँदा केही मूल्य बढ्यो । नभए त सुकमेललाई नै सानो अलैँची भनेर विश्व बजारमा अलैँचीले बजार कम पाउने गरेको थियो,’ उनले भने ।

उत्पादन कम हुने आकलन
गत आर्थिक वर्ष मेची भन्सारबाट हुने कृषिजन्य वस्तुको कुल निर्यातको ५४ प्रतिशत अलैँचीले धानेको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासंघको अनुमान छ ।  यसपटक अलैँचीमा गानो कुहिने समस्या छ । चैत–वैशाखमा खडेरी लागेका कारण पनि उत्पादन घटेको छ । 

भण्डारणको समस्या
अलैँची भण्डारका लागि बिर्तामोडमै सरकारी भण्डारण केन्द्र छैन । निजी भण्डारण केन्द्रमा पैसा तिरेर भण्डारण गर्न किसानलाई समस्या छ । यसै कारण कृषकले अलैँचीको मूल्य पर्खन नषउँदा सस्तैमा बेच्नुपर्ने बाध्यता रहेको छ ।

अघिल्लोआर्थिक वर्ष सरकारले ‘वेयर हाउस’ सञ्चालनका लागि एक करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, कोरोना महामारी र नीतिगत समस्याका कारण कार्यान्वयन गर्न नसकिएको अध्यक्ष कार्कीले बताए । उनले भने, ‘वेयर हाउसमा अलैँची राख्ने किसानले बैंकिङ सुविधा पाउनुपर्छ । उनीहरूलाई बजार मूल्य हेरेर लगानी गर्नुपर्छ । हाम्रो अलैँचीले आसामको अलैँची सकिएपछि मात्र भाउ पाउँछ । त्यर्सैले किसानले कम मूल्यमै बेच्नुपर्ने हुन्छ ।’

निर्यातमा पनि समस्या
९० प्रतिशतभन्दा धेरै नेपाली अलैँची भारतीय बजारमा जाने गरेको छ । भारतको एकाधिकारका कारण बजार मूल्य पनि न्यून छ । बंगलादेशमा भन्सार शुल्क उच्च हुँदा अलैँची त्यहाँ निर्यात हुन सकेको छैन । बंगलादेश निर्यात गर्न सके निर्यात समस्या कम हुने व्यवसायीको भनाइ छ । नेपाली अलैँचीले पाकिस्तानमा पनि व्यापारको ट्रेडमार्क पाएको महासंघ अध्यक्ष कार्कीले बताए । उनि भन्छन्, ‘युएई लैजान भाडा महँगो पर्छ । पाकिस्तानका लागि ट्रेडमार्क पाएका छौँ । तर, हामीलाई कोलकाताको हल्दिया पोर्ट दिएको छ । यहाँ भनेका वेला जहाज पनि आउँदैन ।’
 

ad
ad
ad
ad