मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १६ बुधबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार १६ बुधबार o८:o६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई दिन बढेपछि नेप्सेमा फेरि गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १६ बुधबार o८:o६:oo

१२ समूहको सूचक नकारात्मक हुँदा, कारोबार रकम पनि घट्यो

दुई दिन बढेको नेप्से तेस्रो दिन उच्च अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २ हजार ८ सय २८ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ९ दशमलव ८७ प्रतिशतले घटेर ५ सय २३ दशमलव ७० बिन्दुमा पुगेको छ । लगानीकर्ता पछिल्लो समय आत्तिँदा सेयर बजार प्रभावित बन्न पुगेको लगानीकर्ता बताउँछन् । 

मंगलबार कारोबारमा आएका १३ समूहका सूचकमध्ये १२ समूहका सूचक नकारात्मक रहेका छन् । समूहगत रूपमा माइक्रो फाइनान्स समूहको परिसूचक मात्र सकारात्मक रहेको छ । फाइनान्स, विकास बैंक, जलविद्युुत्, वाणिज्य बैंक समूहका लगानीकर्ता सबैभन्दा बढी निराश बनेका छन् । अघिल्लो दुई दिन वाणिज्य बैंकको सेयर मूल्यमा केही सुधार आए पनि सो दिन पुनः यो समूहको सेयर मूल्य घटेको छ । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २३ कम्पनीको १ करोड ४० लाख कित्ता सेयर किनबेच हुुँदा ६ अर्ब ७२ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा राधी विद्युत् कम्पनी रहेको छ । कम्पनीको ४९ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेसनल हाइड्रोपावर कम्पनीको ३६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, जलविद्युत् लगानी तथा विकास कम्पनीको २९ करोड ६७ लाख रुपैयाँ र नेपाल इस्योरेन्स कम्पनीको २४ करोड रुपैयाँको कारोबार भएको छ ।

घटेको बजारमा पनि राम्रो आम्दानी गर्न सफल भएका कम्पनीमा ओरिएन्टल होटेल, गुराँस लघुुवित्त वित्तीय संस्था, सामुुदायिक लघुवित्त, तारागाउँ रिजेन्सी होटेलका लगानीकर्ता रहेका छन् । सबैभन्दा धेरै गुुमाउने कम्पनीहरूमा प्रोगेसिभ फाइनान्स, जलविद्युत् लगानी तथा विकास कम्पनी, बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स रहेका छन् । यी कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्स, लुम्बिनी विकास बैंक, युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घटेको छ । 

नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा मैनाली नियुक्त
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्ति भएका छन् । अर्थ मन्त्रालयका सहसचिव मैनाली सोमबारको मन्त्रालयको निर्णयअनुुसार  नियुुक्ति भएका हुन् । मैनालीले धितोपत्र  र दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि प्रतिबद्ध रहेको बताए । उनलाई नेप्सेका अधिकारीहरूले स्वागत गरेका थिए ।