सन् १९९९ : पोर्चुगलले ४४२ अघि उपनिवेश बनाएको चिनियाँ भूमि मकाउ जनगणतन्त्र चीनलाई हस्तान्तरण गरियो ।
सन् १८०३ : अमेरिकाले किनेको लुजियाना फ्रान्सबाट औपचारिक रूपमा अमेरिकालाई हस्तान्तरण भयो । अमेरिकाले १.५ करोड डलरमा यो भूभाग किनेसँगै उसको भूमि दोब्बरले बढ्यो ।
सन् १९१७ : सोभियत संघले गुप्तचर निकाय ‘चेका’ स्थापना गर्यो, जुन पछि गएर परिवर्तित नाम ‘केबिजी’ले चर्चित बन्यो ।
सन् १९२२ : रुस, युक्रेन, बेलोरुस र ट्रान्सककेसियन क्षेत्र सम्मिलित ‘सोभियत समाजवादी गणतन्त्र महासंघ (सोभियत संघ)’ गठन गर्ने ड्राफ्ट तयार भयो, जसको घोषणा १० दिनपछि गरियो ।
सन् १९२४ : एडोल्फ हिटलर उनको पाँचवर्षे कारावास सजायको नौ महिना अवधि बिताएर पछि जेलबाट रिहा भए । उनी ‘बिअर हल पुच’ नामक सरकार अपदस्थ गर्ने असफल सैन्य विद्रोहमा भाग लिएको आरोपमा कैद भएका थिए ।
सन् १९४२ : दोस्रो विश्वयुद्धका क्रममा बेलायतको शासनमा रहेको भारतको कोलकातामाथि पहिलोपटक प्रतिद्वन्द्वी जापानले बमबारी गर्यो ।
सन् १९४३ : दोस्रो विश्वयुद्धका क्रममा मित्रशक्ति अमेरिका र बेलायतलाई विश्वास बनाउन स्टालिनले ‘कम्युनिस्ट इन्टरनेसनल (कोमिन्र्टन)’ भंग गर्ने र सोभियत संघको राष्ट्रिय गान रहेको ‘अन्तर्राष्ट्रिय’ गीत विस्थापित गर्ने सहमति जनाए ।
सन् १९६३ : बर्लिन पर्खाल पहिलोपटक पश्चिम बर्लिनका बासिन्दाका लागि खोलियो ।
सन् १९७१ : बंगलादेश स्वतन्त्र भएपछि पाकिस्तानका राष्ट्रपति जनरल याया खान सेनाभित्र र नागरिकबाट आएको उच्च दबाबका कारण राजीनामा दिन बाध्य भए ।
सन् १९८३ : सिरिया समर्थित फौजसँग झडपपछि लेबनानमा आश्रय लिई बसिरहेका ‘प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसन’का नेता यसर अराफात र झन्डै चार हजार समर्थक सुरक्षित स्थानतर्फ भागे ।
सन् १९८९ : अमेरिकी सेनाले पानामा कब्जा गरेर त्यहाँका राष्ट्रपति म्यानुयर नोरियगालाई अपदस्थ गर्यो ।
सन् १९९० : विश्वको पहिलो बेवसाइट तथा सर्वर ‘इन्फो डट सर्न डट सिएच’ प्रयोगमा आयो । पहिलो ब्राउजरको कोड सर टिम बर्नर लीले तयार गरेका थिए ।
सन् २०१९ : अमेरिकाले उसको सेनाको अन्तरिक्ष हेर्ने जिम्मेवारी तोकेर छैटौँ शाखा ‘युनाइटेड स्टेट स्पेस फोर्स’ गठन गर्यो ।
सन् २०२२ : तालिबान सरकारले महिलाहरूको विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगायो ।