भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमबिच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रूपमा बालमैत्री वडा घाेषणा गरे ।
भरतपुर– ६ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका पाँचवटा वडा बैलमैत्री घोषणा भएका छन् । यसअघि भरतपुर १४, १३, २३ र २१ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष ०८३/८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।
बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका चारवटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाँच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरू पूरा भएकाले वडा नम्बर ६ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।
०७६ सालमा भरतपुर– १४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई बालमैत्री नगर बनाउन ०६८ सालदेखि नै अभियान थालिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिंगाे महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गरिन् ।
उनले बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका कुरामा आफूहरू लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गरिन् । अपांगता भएका बालबालिकाको शिक्षाका लागि छुट्टै स्रोत कक्षासमेत सञ्चालन गरिएको उनले जानकारी दिइन् ।
महानगरपालिकामा सडकबालबालिकासमेत नरहेको उनले जानकारी दिइन् । भरतपुरमा बालबालिकाविरुद्ध हुने सबैखाले हिंसाहरू, यातनाहरू, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिबद्ध रहेको उनको भनाइ छ।
उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए । अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यत्तिकै ध्यान दिएको बताए ।
घोषणा गर्ने, तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नुपर्ने बताए । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाइ छ । कार्यक्रम वडाध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।